काठमाडौं । सुमन क्षेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन् ।
उनले पाटिमा एक व्यक्ति एक पदको बिषय उठाउँदै राजिनामा दिएको बुझिएको छ । यसबारे पछिल्लो पल्ट रवि लामिछाने सभापतिमा फर्किएको बेला कुरा राखेकी थिइन् ।
आफू संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टी सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने उनको धारणा रहेको स्रोत बताउँछ ।