बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

त्रिभुवन विमानस्थलमा भएको घटनाबारे उपत्यका प्रहरी कार्यालयको ध्यानाकर्षण 

घटनामा संलग्न ३ प्रहरी कर्मचारीमाथि अनुसन्धान जारी 

बुधबार, बैशाख ३ २०८२

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइतबार भएको घटनावारे काठमाडौं उपत्यका प्रहरी कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न ३ प्रहरी कर्मचारमाथि छानविन तथा अनुसन्धान भइरहेको जानकारी दिएको हो।

सो घटनामा संलग्न देखिएका प्रहरी कर्मचारीलाई  विमानस्थलको सुरक्षा जिम्मेवारीबाट समेत हटाएको छ।

आइतबार त्रिभुवन विमानस्थलमा स्वदेश फर्किएका एक युवकमाथि प्रहरी कर्मचारीले दुर्वव्यवहार गरेको भिडियो सामाजिक सन्जालमा भाइरल भएको थियो । सोहि घटनालाई लिएर काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले अनुसन्धान अगाडि बढाएको हो।