काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
यही वैशाख १७ गते बुधबार बस्नेगरी देउवाले केन्द्रीय समितिको बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।
मुख्य सचिव पौडेलले केन्द्रीय समितिका बैठकमा पार्टीको एक सय दिने अभियानमा गएका नेताले प्रतिवेदन पेस गर्ने जानकारी दिए ।
कांग्रेससमेत सहभागी भएको सरकारको कार्यसम्पादनबारे प्रश्न उठिरहेका बेला देउवाले केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।