बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

शुक्रबार, चैत्र २९ २०८१

काठमाडौं । रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ। शुक्रवार रवि पत्नी निकिता पौडेल आफैँ अदालत पुगेर रिट दर्ता गरेकी हुन् ।

गत चैत २२ गते न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।