काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ ।
झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका उनलाई चन्द्रगढीबाट जहाजमा काठमाडौं ल्याइएको थियो ।
प्रसाईंलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।
सरकारी वकिलको कार्यालयबाट प्रसाईंलाई केहीबेरमा जिल्ला अदालत काठमाडौं लगिनेछ ।
उनीविरुद्ध आजै म्याद लिने तयारी छ ।