आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुनको मूल्य हालसम्मकै उच्च

शुक्रबार, चैत्र २९ २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ३ हजार ९०० रुपैयाँ बढेको छ ।

छापावाल सुन आज प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० कायम थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९०० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९०५ रुपैयाँ पुगेको हो ।