काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । संक्रमणकालीन न्यायबारे छलफल गर्न प्रमुख दलका नेताहरुको संयुक्त बैठक बस्न लागेको हो ।
नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको बैठक आज अपराह्न चार बजे बस्ने छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया लगायतका विषयमा छलफल गर्ने तयारी छ ।
यस्तै राजाजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरु सक्रिय भएपछि तीन दलका शीर्ष नेताहरु पहिलो पटक छलफल गर्न लागेकाले त्यस विषयमा पनि छलफल हुने अनुमान गरिएकाे छ ।
सत्तारुढ दल एमालेले गणतन्त्रका पक्षमा जनसचेतनाका लागि सडकमा उत्रिने घोषणा गरेको छ भने माओवादी केन्द्र यसअघि नै सडक आन्दोलनमा केन्द्रीत छ ।
सत्तारुढ दल एमालेले गणतन्त्रका पक्षमा जनसचेतनाका लागि सडकमा उत्रिने घोषणा गरेको छ भने माओवादी केन्द्र यसअघि नै सडक आन्दोलनमा केन्द्रीत छ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने राजावादीविरुद्ध सडक आन्दोलनको अहिले नै जरुरी नरहेको बताउँदै आएको छ ।