काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ।
बैठकमा राजावादीको गतिविधिसहित समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बताए ।
बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने छ ।