काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सिफलमा दिउँसो साढे १ बजे बस्ने आजको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी रणनीतिका बारेमा छलफल हुने हुनेछ ।
त्यस्तै, सोमबार घोषणा भएको ‘राजतन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ बारे पनि आजको बैठकमा छलफल हुनेछ । सो बैठकले नवराज सुवेदी नेतृत्वको समितिलाई स्वीकार गर्ने या नगर्ने भन्नेबारे टुंगो लगाउने छ ।
अध्यक्ष थापा भने सुवेदीको नेतृत्वप्रति सैद्धान्तिकरुपमा असहमत छैनन् । राजसंस्थाको पक्षमा जसको नेतृत्वमा आन्दोलन भए पनि त्यसलाई साथ दिने निर्णय पार्टीले पहिल्यै गरिसकेको छ । यद्यपि, समितिमा राख्ने विषयमा पूर्वजानकारी नगराइएको उनको गुनासो छ ।
पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पक्षधरहरूले राजसंस्था पुन:स्थापनाका लागि सोमबार एक कार्यक्रम गरी संयुक्त जनआन्दोलन समिति गठन गरेका छन् ।
८६ वर्षीय नवराज सुवेदीको अध्यक्षतामा समिति बनेकाे हाे ।