काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज आइतबार बस्दैछ ।
कार्य सम्पादन समितिको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा हुने बताइएको छ ।
यस्तै, बैठकमा आन्दोलनको तयारी र भावी रणनीतिका विविध विषयमा छलफल हुने छ ।
गत सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले आमराजनीतिक दललाई निषेधको राजनीति छोडेर नयाँ समझदारीमा आउन पनि आह्वान गरेको थियाे ।