मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

सबै उस्तै हुन् भन्ने भावनाले समाजलाई फगत निरासातर्फ धकेल्दछ : महासचिव पोखरेल

सोमबार, फाल्गुन १२ २०८१

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले पछिल्लो समय नेपाली समाजमा खासगरि सोसल मिडियामा घृणा, आक्रोश र गालिगलौचको अपसंस्कृति भित्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले यस्तो अपसंस्कृति कायम रहने हो भने जो नेता भएपनि र जस्तो शासन व्यवस्था आएपनि देश र समाजको अधपनलाई कसैले पनि रोक्न नसक्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘कुनै पनि देशको विकास र समृद्धिका लागि नेतृत्व प्रतिको भरोसा र भविष्यप्रतिको आशावादीता तथा काम गर्नसक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण चाहिन्छ ।’

समाजको नेतृत्व गर्न चाहने व्यक्ति, समुह र राजनीतिक दलहरु यस्ताकुरामा गम्भीर हुनु पर्ने उनको भनाइ छ ।