मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

जसपा नेपालको अध्यादेश अध्ययन गर्न गठित कार्यदलले आज पार्टीलाई प्रतिवेदन बुझाउने

बिहिबार, माघ २४ २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यादेश अध्ययन गर्न गठित कार्यदलले पार्टीलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

सरकारले ल्याएको अध्यादेश आज सदनमा निर्णयार्थ पेश गर्ने कार्यसूची छ ।

कार्यदलको बैठकपछि संयोजक राजकिशोर यादवले भने, ‘केही अध्यादेश सकारात्मक छन्, तर केहीमा हाम्रो गम्भीर आपत्ति छ । हामी अझै बैठक बसेर अध्यादेशको विषयगत सबै उल्लेख गरेर प्रतिवेदन पार्टीलाई बझाउँछौं । अनि हामीले दिएको सुझावपछि पार्टी संसदीय दलको बैठकले निर्णय गर्छ ।’

उनले संसद बैठक बस्नुअघि समर्थन गर्ने कि नगर्ने भन्ने दलको बैठक बसेर निर्णय लिने बताए ।

यादवले अध्ययनका क्रममा सरकारले ल्याएको अध्यादेशमा फरक धारणा रहेकाले अहिले नै भन्नसक्ने अवस्था नभएको बताए ।

अध्यादेशका विषयवस्तुहरु सकारात्मक भएपनि अध्यादेशबाट राज्य चलाउने प्रवृत्ति गलत भएको उनको भनाइ थियो ।

उनले केही अध्यादेशलाई पार्टीले सकारात्मक रुपमा लिएपनि केही अध्यादेशहरुप्रति गम्भीर आपत्ति रहेको बताए ।