बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

सभापति लामिछानेको निलम्वन तत्काल फुकुवा नगरे कानूनी उपचार खोज्ने उपसभापति वाग्लेको चेतावनी

शुक्रबार, माघ १८ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सभापति रवि लामिछानेको निलम्वन तत्कल फुकुवा नगरे कानूनी उपचार खोज्ने चेतावनी दिएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन पार्टी उपसभापति डा स्वर्णिम वागलेले यस्तो चेतावनी दिएका हुन् । उनले सभापति लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको आरोप लगाएका हुन् ।

उनले वर्तमान सरकारले अध्यादेशबाट कानून ल्याउने, संवैधानिक परिषद्लाई खल्बल्याउने काम गरिरहेको बताए ।

उपसभापति वाग्लले सामाजिक सञ्जाल सञ्चालन तथा नियमनसम्बन्धी विधेयक फिर्ता लिएर पुनः पेस गर्न आग्रह समेत गरे ।