मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

ओखलढुंगामा सुमो जीप दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

बिहिबार, माघ १७ २०८१

काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा सुमो जीप दुर्घटना हुँदा आमाछोरासहित ३ जनाको मृत्यु भएको छ ।

खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो बिहिबार बिहान करिब ६:३० बजेको समयमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

दुर्घटनामा ५६ वर्षीय माया देवी गुरुङ उनको छोरा २८ वर्षिय पुजन गुरुङ र उनकी बहिनी ४५ वर्षिय तारा गुरुङको घट्नास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

ना १ ज ६४२१ नम्बरको सुमो खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं जाँदै गरेको थियो ।

सुमो दुर्घना भएको अवस्थामा स्थानियले भेटेर प्रहरीलाई जानकारी दिएका थिए ।  चालक फरार छन् ।

बिरामी माया गुरुङलाई उपचारको लागि छोरा र बहिनीले काठमाडौं लिएर हिँडेका थिए ।  सुमोमा चालकसहित ४ जना मात्रै सवार थिए । घटनाको विषयमा थप खोजी र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।