मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी

बिहिबार, माघ १७ २०८१

काठमाडौं । विपक्षी दलहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बैठक जारी छ ।

संसद्को दिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुने भएकोले त्यसैको तयारीका लागि विपक्षी दल जुटेका हुन् ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, प्रभु साह नेतृत्वको आम जनता पार्टी सहभागी छन् ।

शुक्रवारबाट शुरु हुने संसदको हिउँदे अधिवेशनको बारेमा विपक्षी दलहरुले आफ्ना धारणा एकसाथ राख्ने र समसामयिक राजनीतिका बारेमा छलफल गर्ने बताइएको छ ।