मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

समाजवादी मोर्चाले माघ २४ गते काठमाडौंमा आमसभा गर्ने

बिहिबार, माघ १७ २०८१

काठमाडौं । समाजवादी मोर्चाले आगामी माघ २४ गते काठमाडौंमा भव्य आमसभा गर्ने भएको छ । बुधबार बसेको समाजवादी मोर्चाको बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै चैत पहिलो साता मधेश प्रदेशमा सभा गरिने भएको छ । सो सभाको सञ्चालन गर्ने जिम्मा नेसपालाई दिईएको छ ।

बैठकले विचार मिल्ने अन्य पार्टीलाई मोर्चामा ल्याउन अधिकतम पहल गर्ने निर्णय पनि भएको छ ।
बुधबार बसेको बैठकले विप्लवलाई नै संयोजनको जिम्मेवारीमा निरन्तरता दिएको छ ।

बैठकमा तीन कम्युनिष्टघटकहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीका साथै नेपाल समाजवादीको एउटा समूह उपस्थित छ ।

यसअघि मोर्चामा रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल भने पछिल्लो समय मोर्चाबाट अलग बसेको छ ।