काठमार्डौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको उपमहासचिवमा संस्थापन इतर समूहले बर्चस्व कायम राखेको छ ।
आज सकिएको महतगणना ९ उपमहासचिवमध्ये अधिकांश पार्टीको संस्थापन इतरका व्यक्ति चुनिएका छन् ।
भर्खरै सार्वजनिक मत परिणाम अनुसार भौगोलिक ७ प्रदेश र गैर भौगोलिक २ प्रदेश गरेर ९ प्रदेशबाट ९ जना उपमहासचिवमा निर्वाचित हुँदा एक जना महिला पनि उपमहासचिवमा निर्वाचित भएका छन् ।
९ जनामा ८ जना पुरुष उपमहासचिवमा निर्वाचित हुँदा बागमती प्रदेशबाट निर्मला गौतम निर्वाचित भएकी छन् । गौतम ८०३ मत ल्याएर विजयी भएकी हुन् ।
उपमहासचिवमा कोशी प्रदेशबाट विपिन पोखरेल सर्वाधिक मत ८३१ मत, मधेश प्रदेशबाट गजेन्द्र यादव ४०७ मत, गण्डकी प्रदेशबाट भगवान बास्तोला ७६९ मत, लुम्बिनी प्रदेशबाट रेशम अधिकारी ६२८ मत, कर्णाली प्रदेशबाट प्रकाश अधिकारी ६०४ मत र सुदूपरिश्चम प्रदेशबाट रामचन्द्र भट्ट ३९९ मत सहित निर्वाचित भएका छन् ।
गैर भौगोलिकतर्फ उपत्यका विशेष प्रदेशबाट निरोज श्रेष्ठ ४०६ मत, विश्वविद्यालय प्रदेशबाट जटिल कार्की ६४८ निर्वाचित भएका छन् ।
भौगोलिक र गैर भौगोलिक गरेर ९ प्रदेशबाट निर्वाचित उपमहासचिवमा अधिकांश नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा नजिकका उम्मेदवार निर्वाचित भएका छन् ।