मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

सहिद दिवसमा काठमाडौं महानगरपालिकाको प्रभातफेरी

बुधबार, माघ १६ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहिद दिवसको अवसरमा प्रभातफेरी सहित माल्ययार्पण तथा स्मृति सभा कार्यक्रम आयोजना गरेको छ।

विगत १२ बर्षदेखि काठमाडौं महानगरपालिका को अध्यक्ष ता सहिद दिवस मुल समारोह गठन भै सप्ताह ब्यापी सहिद दिवस कार्यक्रम हुँदै आएको छ ।
काठमाडौं महानगरपालिकाले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरि शहीद सप्ताह मनाउने गरेको छ ।

महानगरपालिकाले आज बिहानै शान्तिबाटिकाबाट शहीद स्मारकसम्म र्‍यालीको आयोजना गरेको थियो ।

र्‍यालीमा नेपाल सरकारका मन्त्रीहरू, संवैधानिक अङ्गका पदाधिकारीहरू , नेपाल सरकारका उच्च पदस्थ अधिकारी, संविधान सभा तथा व्यवस्थापिका संसद्का सदस्यहरू सहभागी थिए ।