बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज बिहानैदेखि त्रिवेणीधाममा दर्शनार्थीको घुँइचो

बुधबार, माघ १६ २०८१

नवलपरासी । माघे औँशी मेलाका लागि त्रिवेणीधाममा तीर्थालु भक्तजन्‌हरूको भीड लागेको छ ।

हिजो मंगलबार साँझबाटै नेपाल भारतका हजारौँ श्रद्धालुहरू त्रिवेणीका मठमन्दिरमा भरिभराउ थिए । त्रिवेणीधामस्थित नारायणी नदीमा स्नान गर्ने र पितृहरूको श्राद्ध गर्नका लागि श्रद्धालुहरू यहाँ आउने प्रचलन छ ।

माघे औँशीका अवसरमा यहाँ स्नान गर्ने र दान गर्ने श्रद्धालुहरूको घुँइचो लाग्ने गरेको हो । स्वर्णभद्रा, पुर्णाभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीधाममा भारतको बिहार, उत्तर प्रदेश, लखनउ, पटनादेखिका श्रद्धालुहरू आउने चलन छ ।

माघे औँसीका दिन नवलपरासी ( बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणीधाममा स्नान गरेर सूर्यको आराधना गरेमा चिताएका पूरा हुने तथा पितृहरुले मोक्ष प्राप्त गर्ने जनविश्वास छ । मेलालाई व्यवस्थित गर्न विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहको संयोजकत्वमा गठित उपसमितिले आवश्यक व्यवस्था गरेको तथा सशस्त्र प्रहरी बलसहितको सुरक्षाकर्मीको टोली परिचालन गरेको छ ।