मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

कांग्रेसबाट पूराका पूरा साथ पाएको छु : प्रधानमन्त्री

मंगलबार, माघ १५ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सञ्चालनमा कांग्रेसबाट पूराका पूरा साथ पाएको बताएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुन्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पूर्वसहमति अनुसार नै अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलिका दिनमा कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट पारे ।

सत्ताको खिचातानीमा केन्द्रित हुने प्रवृत्तिबाट मुलुकलाई मुक्त बनाउनुपर्ने धारणा व्यक्त गर्दै उनले दुई ठुला दलको सहकार्यमा गठित वर्तमान सरकारले मुलुकमा विकास र स्थिरताको आधार तयार गरेरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

फरक प्रसङ्गमा उनले सहमति भए छिटै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले आफूलाई रुघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेका बेलामा तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएकामा टिप्पणी गर्दै भने, “मलाई रुघाखोकी लागेको हो । एन्टिबायोटिकले अलि कमजोर बनाएको छ तर हाँच्छ्युँ गरेको देख्यो भने आइसियुकक्षमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आइसियुमा बसेको देखाउँछन् . उनीहरुको इच्छा सजिलै पूरा हुँदैन।”