बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

संसद छलेर अध्यादेश ल्याउन जरुरी थिएन  : शेखर कोइराला

मंगलबार, माघ १५ २०८१

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनु पर्नेमा पैसाका लागि हुन थालेको बताएका छन् । नेता कोइरालाले भने, “अहिले राजनीतिलाई व्यावसायीकिकरण गरिँदैछ । राजनीति भनेको पेशा, व्यवसाय होइन सेवा हो,” कोइरालाले थपे, ‘पैसै कमाउने हो भने अन्य थुप्रै विकल्पहरु छन तर राजनीति गर्नु भनेको समाजसेवा गर्नु हो ।’ जनप्रतिनिधिहरु लोभ र लालचमा फस्न हुँदैन ।

नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर राजनीति गर्नु पर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिंडिरहेको टिप्पणी गरे ।
नेता कोइरालाले सरकारले संसदलाई पर सारेर अध्यादेश ल्याएकोमा आपत्ति जनाउँदै संसद बस्ने समय नजिकिँदै गर्दा हतारमा अध्यादेश ल्याउँदा आमजनतामा आशंका देखिएको धारणा पनि राखे । ‘हतारहतार अध्यादेश ल्याउनुपर्ने कुनै जरुरी थिएन । अध्यादेशमा केही खोट छ कि, सरकारको केही स्वार्थ छ कि भन्ने आमजनतामा परेको छ,’ नेता कोइरालाले भने, ‘संसदमै पेश गर्दा पनि कांग्रेस र एमाले मिल्दा झण्डै दुई तिहाईको संख्या छ । सजिलै पास हुन्थ्यो । संसद छलेर सरकारले जुन अध्यादेश ल्याएको छ त्यो ठीक भएन ।’