काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतक सचेतकहरूसँग छलफल गर्दै छन् ।
सभामुख घिमिरेले शुक्रबारबाट सुरू हुने संसदको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनको लागि छलफललाई तीव्रता दिएका हुन् ।
हिजो सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका उनले आज ठूला दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल छलफल राखेका हुन् ।
छलफलमा प्रमुख पाँच दलका प्रमुख सचेतक र प्रमुख सचेतक छन् ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा जारी बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौला, कांग्रेसमा प्रमुख सचेतक श्याम घिमिरे, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाकी सचेतक निशा डाँगीलगायत सहभागी छन् ।