बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

सोमबार, माघ १४ २०८१

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ ।

बैठक आज बिहान साढे ११ बजेबाट पार्टी कार्यालय वनस्थलीमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीति, पार्टीका अन्तरिक गतिविधि, विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रश्ताव) र नयाँ नियमावलीहरु प्रश्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१ को विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै, पदाधिकारीको नेतृत्वमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रमको विषयमा पनि बैठकमा छलफल हुनेछ । त्यस्तै, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

त्यस्तै, संसदको आगामी हिउँदे अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयन तथा विविध विषयमा छलफल हुने बताइएको छ ।