म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ६,चुत्रेनीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
बेनीबाट सिंगातातोपानी तर्फ जाँदै गरेको ग १ क ५७३५ नम्बरको टिपरले सिंगातातोपानीबाट बेनी तर्फ आउँदै गरेको ध ७ प ४००५ नम्बरको मोटरसाइकललाई शनिवार साँझ ठक्कर दिँदा मङ्गला गाउँपालिका ३ का ४६ वर्षीय थम बहादुर रोका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
सोही दुर्घटनामा मोटरसाइकल पछाडि सवार बेनी नपा ७ मंगलघाट बस्ने वर्ष ४५ का प्रेम शाही गम्भीर घाइते भएका छन् ।
दुर्घटनाका दुवै घाइतेलाई तत्काल उद्धार गरी बेनी अस्पताल म्याग्दीमा सामान्य उपचार पश्चात् चालक रोकालाई थप उपचारको लागि पोखरा मेडिकल कलेजमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।
टिपर चालक बेनी नगरपालिका ५ पुलाचौर बस्ने वर्ष ३८ को खिमे दर्जीलार्ई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।