शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

अछाममा दुई किशोरी जंगलमा मृत फेला

आइतबार, माघ १३ २०८१

काठमाडौं । अछाममा शुक्रबारदेखि हराइरहेका दुई किशोरी मृत फेला परेका छन् ।

ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शनिबार बेलुकी मृत फेला परेका हुन् ।

उनीहरु दुवै जना वडा नम्बर १ को जंगल क्षेत्रमा शनिबार बेलुका मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए ।

शुक्रबार अबेरसम्म पनि घर नफर्किएपछि आफन्तहरु खोजीमा जुटेका थिए । सोही क्रममा शनिबार साँझ उनीहरु भुइँमा लडिरहेको अवस्थामा फेला परेका हुन् ।

थप अनुसन्धानका लागि डिएसपी ईश्वरी प्रसाद भण्डारी नेतृत्वको टोली घटनास्थल गएको छ ।