काठमाडौं । नेपाल प्रहरीका ३७ नायब उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको बैठकले शुक्रबार बेलुका ३७ डीएसपीलाई एसपीमा निर्णय गरेको हो ।
जसअनुसार सूचीको पहिलो नम्बरमा कुलदीप चन्द छन् भने दोस्रोमा सुमित खड्का छन् । यस्तै तेस्रोमा ठाकुर प्रसाद पोखरेल छन् ।


