मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेमाथिकाे थुनछेक बहस सुरु

बिहिबार, माघ १० २०८१

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि आजदेखि रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ ।

न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा रविको थुनछेक बहस सुरु भएको हो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी प्रकरणमा बयान दिन हिजो अदालतमा उपस्थित भएका लामिछानेलाई अदालतले अहिले बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हाजिरी जमानीमा पत्नी निकिता पौडेल र कानून व्यवसायी नारायण कँडेलको जिम्मामा छाडेका छाडेको थियो । लामिछाने आज थुनछेक बहसका लागि अदालतमा उपस्थित भइसकेका छन् ।

कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो । सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको आरोप रविसहितका प्रतिवादीमाथि छ ।