बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रमुख चार दलका प्रमुख सचेतकहरू छलफलमा

शुक्रबार, माघ ४ २०८१

काठमाडौं । संसदीय काम कारबाहीका सम्बन्धमा प्रमुख सचेतकहरूले सिंहदरबारमा छलफल गरेका छन् ।

छलफल नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको हो ।

संसद्को अधिवेशन नचलेका बेला प्रतिपक्षी र सत्ता पक्षका सचेतकहरूले सिंहदरबारमा छलफल गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
सचेतकहरूको बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमालेका बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमुख सचेतक सन्तोष परियार छन् ।

हिउँदे अधिवेशनबारे छलफलका लागि प्रमुख सचेतकहरु जुटेका हुन् ।