मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

आज फेरि विपक्षी दलहरुको बैठक बस्दै

शुक्रबार, माघ ४ २०८१

काठमाडौं । आज फेरि विपक्षी दलहरुको बैठक बस्दैछ।

बैठक दिउँसो २ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो ।

बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने छ । दिउँसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्न लागिएको हो । यसअघि विहीबार गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको थिाये ।

पत्रकार सम्मेलनको तयारीका लागि नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुसालको दुई सदस्सीय कार्यदल बनाएको छ ।

पत्रकार सम्मेलनमा विपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।

बुधबार पनि सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो । बैठकले सरकारले हिउँदे अधिवेशन बोलाउन विलम्ब गरिरहेको निष्कर्ष निकाल्दै सदन आह्वान गर्न दबाब दिने निर्णय गरेको थियो।

विपक्षी दलहरुले सरकारले हालै ल्याएका विभिन्न अध्यादेश खारेजीको मागसमेत गरेका छन् ।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी लगायत दल विपक्षमा छन्।