मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

जनकपुर जाँदै गरेको हायस सिन्धुलीमा दुर्घटना : एक जनाको मृत्यु, १२ जना घाइते

शुक्रबार, माघ ४ २०८१

काठमाडौं । काठमाडौंबाट जनकपुर जाँदै गरेको हायस सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस विहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्रे भन्ने स्थानमा दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका वडानम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो ।

गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।

विहीबार साँझ साढे पाँच बजे पछाडिको टायर पन्चर हुँदा सडक छेउको डिभाइडरमा ठोक्किएर माइक्रो बस दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका ६ जनाको उपचार धुलिखेल अस्पतालमा र अरु ६ जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको सिन्धुली प्रहरीले जनाएको छ ।