मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

बालेनको आक्रोशपूर्ण टिप्पणी : टुँडिखेल र खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ

बिहिबार, माघ ३ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले राष्ट्रपतिले जारी गरेको भूमि सम्बन्धी अध्यादेशप्रति कडा आलोचना गरेका छन् ।

बुधबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले खोला नदी मात्र नभइ खुलामञ्च र टुँडिखेल समेत कार्यकर्तालाई बाँड्न लागिएको भन्दै सत्तारूढ दलप्रति आपत्ति जनाएका हुन् ।

‘अब खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ’ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको तस्वीर राख्दै बालेनले लेखेका छन्, ‘बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई ।’

सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार अपरान्ह जारी गरेका थिए । सार्वजनिक जग्गा कार्यकर्तालाई बाँड्ने खतरा रहेको भन्दै राष्ट्रपतिले सो अध्यादेश केही दिन रोकेका थिए ।