मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

झापामा बस दुर्घटना हुँदा ११ जना घाइते, तीन जनाको अवस्था गम्भीर

बुधबार, माघ २ २०८१

झापा । झापाको काँकडभिट्टाबाट धरान जाँदै गरेको मे १ ख २५४५ नम्बरको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जसमध्ये तीन जना गम्भीर छन् ।

नागरिक यातायातको बस दुर्घटनामा विराटनगर महानगरपालिका-३ का गुणा कोइराला, दीपा निरौला, विराटनगरकै म्यारी निरौला, निर्मला निरौला, विराटनगर-४ का शर्मिला कोइराला, आन्सा फाउदेन, सुमन लिम्बु, शिवसताक्षी नगरपालिकाका टंक शिवाकोटी, बिर्तामोड नगरपालिकाका पुष्पलाल अधिकारी, चन्द्रकला अधिकारी र झापाको कमल गाउँपालिकाका शान्तिराम खतिवडा घाइते भएका छन् ।

घाइते सबैको टाउको, ढाड र हातमा चोट लागेको छ । उनीहरू सबैको विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । यद्यपि, तीनजनाको अवस्था गम्भीर छ । तीव्र गतिमा रहेको बसअनियन्त्रित भएर सडक किनारमा पल्टिएको हो ।

बसका चालक झापा मेचीनगर-१० धुलाबारीका ५४ वर्षीय टीका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।