संसद अधिवेशन बोलाउन संयुक्त दबाब दिने
काठमाडौं । विपक्षी दलहरूले सरकारले संसद्को हिउँदे अधिवेशन नबोलाएर स्वेच्छाचारी रवैया देखाएको निष्कर्ष निकालेका छन् ।
आज बिहान बसेको बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको विपक्षी ६ दलको निष्कर्ष छ ।
“नियमति संसद् अधिवेशन नबोलाएर स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्ने रवैया देखिएको छ । हामी ६ दलको चासो सरकार स्वेच्छाचारी बनेको भन्ने,” नेकपा ९माओवादी केन्द्र०का उपमहासचिव वर्षमान पुनले भने, “संसद्लाई छल्न खोजेको छ । अध्यादेश ल्याइएको छ । कानुन निर्माण गर्ने मूल जिम्मेवारी हिउँदे अधिवेशन हुने गर्छ ।”
विपक्षीले तत्काल हिउँदे अधिवेशन बोलाउन माग गरेका छन् । अध्यादेश ल्याइनुभन्दा पनि जनताका चासोका विषयमा संसद्मा नै छलफल गर्नुपर्नेमा पुनले जोड दिए ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालसहित नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, डा। बेदुराम भुसाल, प्रभु साहलगायत नेताहरू सहभागी थिए ।