काठमाडौं । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् ।
सोमबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले जनपद प्रहरीतर्फ २५ जनालाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
एक नम्बरमा रमेश थापा बढुवा सिफारिसमा परेका छन् । उनी नेपाल प्रहरी प्रधान कार्यालय नक्शालको अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत छन् । दोस्रोमा अजय केसी छन् ।
त्यस्तै क्रमशः अनुपम शम्शेर जवरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्ण प्रसाद कोइराला र होबिन्द्र बोगटीसहित २५ जना एसएसपीमा बढुवा सिफारिस भएका हुन् ।

