बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

काठमाडौंमा भुकम्पको धक्का

मंगलबार, पुष २३ २०८१

काठमाडौं । केहीबेर अघि काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ ।

बिहान ६ बजेर झण्डै ५२ मिनेट जाँदा काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भूकम्पले निक्कैबेर हल्लाएको हो ।

भूकम्पको धक्काले त्रसित स्थानीय नागरिकहरु सडकमा निस्किएका छन् ।

यसअघि पुस १८ गते दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको थियो । दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो ।

केन्द्रविन्दु र क्षतिको विवरण भने खुलिसकेको छैन।