काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनका लागि दलका तर्फबाट धारणा बनाउन कार्यदल गठन गरेको छ ।
शनिबार र आइतबार गरी दुई दिन बसेको केन्द्रीय समिति बैठकले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा संविधान परिमार्जन सुझाव कार्यदल गठन गरेको हो ।
कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार समितिमा सोबिता गौतम, गणेश पराजुली, असीम शाह, गणेश कार्की, मेघ आले, क्रान्तिशिखा धिताल, डा। नन्दन यादव र कुसुम महर्जन सदस्य छन् । कार्यदलले संविधान परिमार्जनका लागि सुझाव संकलन गर्न सातै प्रदेशमा छलफल चलाउने र संविधानविद् एवं सरोकारवालासँग आवश्यक परामर्श गरी दलको तर्फबाट धारणा सार्वजनिक गर्ने झाले बताए । उनका अनुसार प्रदेश तहमा गर्ने छलफलको संयोजन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेश सभापतिलाई तोकिएको छ ।
बैठकले संघीय सदनबाहिर रहेका राजनीतिक दल–शक्तिहरूका जनपक्षीय र राष्ट्रहितका आवाजलाई सदनमा प्रतिनिधित्व गर्ने गरी आवश्यक कार्य अगाडि बढाउने निर्णय गरेको पनि गरेको छ । बैठकले सरकारले हालै ल्याएको सहकारी अध्यादेश सभापति रवि लामिछानेलक्षित रहेको ठहर गर्दै प्रतिवाद गर्ने निर्णय लिएको छ ।