बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सन्तोष परियारको संयोजकत्वमा रास्वपाले बनायो ‘संविधान परिमार्जन सुझाव कार्यदल’

आइतबार, पुष २१ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनका लागि सुझाव कार्यदल गठन गरेको छ ।

काठमाडौंमा जारी केन्द्रीय समिति बैठकबाट प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको हो ।

कार्यदलमा क्रान्ति शिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्य रहेका छन्।

कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार यो कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविदसँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ ।

कार्यदलले सातवटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहने कार्यवाहक प्रवक्ता झाले बताए ।