बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले केन्द्रीय समिति बैठक सुरु, आज अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

आइतबार, पुष २१ २०८१

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठक आज बस्दै छ ।

केहीबेर अ  पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् ।

केन्द्रीय कमिटीको बैठकको तयारी र एजेण्डा तय गर्ने सन्दर्भमा पुस १० र १८ गते पार्टीको सचिवालय बैठक बसेकोे थियो । पुस १८ गते बसेको सचिवालयको ४३औं बैठकले राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको थियो ।

राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका उपाध्यक्ष पाण्डेले बताउनुभयो । बैठकमा तीन सय ५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चारवटा केन्द्रीय आयोगका प्रमुख सहभागी हुनेछन् ।

दुई दिनभित्र बैठक सक्ने तयारी छ ।