काठमाडौं । काठमाडौंको अनामनगरमा कार दुर्घटनामा परेको छ । आइतबार बिहान बा एए ८७१४ नम्बरको कार अनामनगर मदन भण्डारी कलेज नजिकै धोबी खोलामा दुर्घटनामा खसेको हो ।
प्रत्यक्षदर्शीका अनुसार बिहान ६ बजे अनामनगर साइडतिर धोबीखोला करिडोरमा ओभर स्पिडमा आएको कार डिल नाघेर धोबीखोलामा बसेको हो।
खोलाको बीच भागमा उत्तानो परेकोकारबाट ड्राइभर भने सकुशल निस्किएका छन्। उनी सामान्य घाइते भएका छन्।