मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

म कुनै राजनीतिक पार्टीसँग आवद्ध छैन : सर्वेन्द्र खनाल

आइतबार, पुष २१ २०८१

काठमाडौं। नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले आफू कुनै राजनीतिक पार्टीसँग आवद्ध नभएको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिए। ‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन, उनले फेसबुकमा लेखेका छन्, राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पुर्‍याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ । देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’

पुर्व प्रमुख खनाल एमालेमा प्रवेश गरे पछि निर्वाचनमा उनलाई २ पटक टिकट दिईएको थियो । काठमाडौं ६ र तनहुँबाट टिकट दिए पनि उनी दुबै स्थानबाट पराजित भएका थिए ।

खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमालेसँग जोडिएका थिए ।