बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित

सोमबार, मंसिर १७ २०८१

काठमाडौं । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् ।उनले ३१२७ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले २६७५ मत प्राप्त गरे। उनीहरूबीच ४५२ मतको अन्तर रह्यो।

नेकपा माओवादी केन्द्रका जंगबहादुर बरालले ८४२ मत प्राप्त गरे। रास्वपाका प्रकाशकुमार बुढाले ११२, नेमकिपाका दुर्गबहादुर मगरले ५३, राप्रपाका सुर्जे रावतले ३१, र नेकपा एकीकृत समाजवादीका जगत हमालले ४ मत प्राप्त गरे।

यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले जित हात पार्यो ।

यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ ।