बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी, कांग्रेस तेस्रो

सोमबार, मंसिर १७ २०८१

काठमाडौं ।   काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् ।

१० हजार ५५८ मध्ये  २ हजार ९०२ मत पाउँदै उनी विजयी भइन् । नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरे । कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २ हजार २०४ मत प्राप्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का  श्याम कृष्ण श्रेष्ठले ७७४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले १ हजार ८२ मत पाएका छन् ।

०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो ।

स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन ।