बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

घट्यो सुनको मूल्य, कति छ आज ?

आइतबार, मंसिर १६ २०८१

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४०० रुपैयाँ घटेर तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम हुन पुगेको छ ।

यस्तै चाँदीको मूल्य पनि अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ घट्दै १ हजार ८४० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँ कायम गरिएको थियो ।