काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालयमा लगिएको छ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे शुक्रवारदेखि उनको बयान भइरहेको छ ।
उनलाई भद्रकाली स्थित जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो ।
शुक्रबार बयान नसकिएकाले उनलाई आज पनि सरकारी वकिलको कार्यालय लगिएको हो । लामिछानेलाई बिहीबार पोखराबाट काठमाडौं ल्याइएको थियो ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ । त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवाः र कमल लामा पक्राउ परेका छन्। यसमा सञ्चालक जिबी राई भने फरार छन्।