शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

गाडीको ठक्करबाट सशस्त्रका सईको मृत्यु

आइतबार, मंसिर १६ २०८१

काठमाडौं । सिरहामा डिउटीमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को गाडीको ठक्करबाट मृत्यु भएको छ ।

बरियारपट्टी गाउँपालिका-१ कचनारीमा आइतबार बिहान ३ बजेतिर नम्बर नखुलेको गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासमानका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएका सई यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भएको हो। उनी सशस्त्रको बीओपी बरहरीमा कार्यरत थिए ।

प्रहरीका अनुसार सई यादवलाई ठक्कर दिएर गाडी भारततर्फ भागेकाको थियो । तीव्र गतिमा आएको गाडीलाई रोक्न खोजेपछि सई यादवलाई ठक्कर दिएर गाडी भारततर्फ भागेको थियो ।