बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, अर्का एक गम्भीर

बिहिबार, मंसिर १३ २०८१

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान सोही दिशातर्फ गइरहेको बा.प्र. ०२-०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४१ वर्षीया नवीना देउला रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका देउलाका श्रीमानको नागरिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न ट्रक चालक मकवानपुगढी गाउँपालिका-४ का ३८ वर्षीय बुद्ध बहादुर घलानलाई नियन्त्रणमा लिई प्रहरी बृत थिमिले थप अनुसन्धान अघि बढाएको बताइएको छ ।

घटनाको छानबिन र घाइते देउजाको स्वास्थ्य अवस्थाको बारेमा थप जानकारी आउन बाँकी छ।