काठमाडौँ । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका एक जना प्रहरी निरीक्षक निलम्बनमा परेका छन् ।
प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर धर्मेन्द्र अकौलियालाई निलम्बन गरेको हो ।
पुराना घटनामा फरार सूचीमा रहेकाहरूलाई खोजी गर्ने क्रममा प्रहरी वृत्त, स्वयम्भूले आफ्नै प्रहरी निरीक्षक अकौलिया पनि फरार सूचीमा रहेको फेला पारेको थियो ।
त्यसपछि उनलाई गएको मंसिर ४ मै जिल्ला अदालत, काठमाडौंमा बुझाएको थियो। अदालतले उनलाई १ लाख रुपैयाँ धरौटीमा छाडेको थियो।
उनीविरुद्ध २०८० भदौमा जाहेरी परेको थियो। पछि मुद्दा दर्ता भएर अदालत पुगिसक्दा पनि उनी हाजिर भएका थिएनन्।
एक अधिकृतका अनुसार, सहकारीको विगो दाबी रकम पनि थोरै भएकाले आरोपीहरुले यो प्रकरणमा मिलापत्र गरिसकेका छन्।