बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

चीन भ्रमणअघि छलफल गर्दै प्रधानमन्त्री : आज पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने

सोमबार, मंसिर १० २०८१

काठमाडौं । चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालासँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग सुझाव लिने भएका छन् ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । विगतदेखि नै प्रधानमन्त्रीको विदेश भ्रमणअघि यसरी परामर्श हुने गरेको छ ।

चीन भ्रमणको क्रममा राख्ने एजेण्डाबारे प्रधानमन्त्री ओलीले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।