बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पूर्वमन्त्री पदम राईको निधन

आइतबार, मंसिर ९ २०८१

काठमाडौं । पूर्वमन्त्री पदम राई (विकास) को निधन भएको छ ।

लामो समयदेखि पार्किन्सनबाट थलिएका माओवादी केन्द्रका केन्द्रीय समेत रहेका पूर्वमन्त्री राईको शनिवार उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो ।

२०६४ सालमा भोजपुर १ बाट निर्वाचित उनी पूर्वअन्तरिम व्यवस्थापिकाका विधायक तथा भौतिक योजना राज्य मन्त्री हुन् । प्रचण्डले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

शान्ति प्रक्रिया पछिको अन्तरिम सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री भएका राई २०६४ को संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

उनले त्यसबेला कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र एमाले उम्मेदवार जयन्ती राईलाई हराएर संविधानसभा सदस्य निर्ताचित भएका थिए । भोजपुरको बोयाभोजपुर षडानन्द नगरपालिका १४ बोया स्थायी घर भएका ५७ वर्षीय राई लामो समयदेखि पारकिन्सन रोगबाट पीडित थिए ।

उनको आज शव श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने छ भने उनको आजै जातीय परम्परा अनुसार दाहसंस्कार गरिने बताइएको छ ।