बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो

बुधबार, मंसिर ५ २०८१

काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस गरिएको छ ।

सरकारी वकिलको कार्यालयपछि उनलाई जिल्ला अदालत, काठमाडौं लगिएको हो ।

नेपाल प्रहरीको साइबर ब्युरो (सिआइबी) ले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । उनले भने, “प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको र उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसूरमा म्याद लिएर अनुसन्धान गरिनेछ ।”

प्रसाईं मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका थिए । प्रसाईंलाई सीआईबीले साइबर सेलको अनुरोधमा ‘साइबर क्राइम’ मुद्दामा समातेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशमा लगानी रहेको भन्दै ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको अभियोगमा उनलाई सीआईबीको टोलीले मंगलबार पक्राउ गरेको हो ।